भूकम्प पीडितलाई कर्मचारीको सहयोग, कुन तहकाले कति दिँदै ? – Nepal Press

भूकम्प पीडितलाई कर्मचारीको सहयोग, कुन तहकाले कति दिँदै ?

काठमाडौं । जाजरकोट भूकम्पबाट पीडितहरुकाे सहायताका लागि निजामती कर्मचारीहरुले सहयाेग गर्ने भएका छन् ।

मुख्य सचिव वैकुण्ठ अर्यालको अध्यक्षमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको बैठकले विशिष्ट तथा प्रथम श्रेणीका कर्मचारीबाट ३ दिन, अधिकृतस्तरका कर्मचारीबाट २ दिन तथा सहायकस्तर एवम् अन्य सबै कर्मचारीहरुबाट १ दिन बराबरको तलब भूकम्प पीडितहरुलाई प्रदान गर्ने निर्णय गरेको हो ।

उक्त सहायता राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाता नं. ११३०१००००३७६२००१ (PM DAIBI PRAKOP UDAR KOSH: 1130100003762001) मा जम्मा गरी सोको भौचर प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका आर्थिक शाखा प्रमुख सूर्यबहादुर भण्डारीलाई पठाउने पनि कर्मचारीहरुलाई आग्रह गरिएको छ ।

त्यस्तै, राहत, पुनःस्थापना तथा पुनिर्माणमा प्रदेश र स्थानीय तहको मुख्य जिम्मेवारी हुनेगरी संघीय निकायले आवश्यक समन्वय, सहजीकरण र अनुगमनको कार्य गर्ने तथा संघीय कार्यालयहरुसँग समन्वयका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव मणिराम गेलाललाई जिम्मेवारी दिने पनि बैठकले निर्णय गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *