तिहारका लागि ४५ करोडको झिलिमिली बत्ती आयात (भिडिओ) – Nepal Press

तिहारका लागि ४५ करोडको झिलिमिली बत्ती आयात (भिडिओ)

काठमाडौं । तिहारमा धेरै प्रयोग हुने झिलिमिली बत्तीको आयात यस वर्ष बढेको छ । यस वर्ष ४५ करोड रुपैयाँको झिलिमिली बत्ती आयात भएको हो । गत वर्ष ३६ करोडको मात्रै आयात भएको थियो ।

पहिले माटोको दियो प्रयोग गरिन्थ्यो । हिजोआज विभिन्न खालका दियो, मालाबत्तीलगायत आधुनिक झिलिमिलीको प्रयोग बढेको छ । जसअनुसार वर्षेनी करोडौं रुपैयाँको विद्युतीय झिलिमिली बत्ती आयात हुने गरेको छ ।

तिहारका लागि यस वर्ष ४५ करोड रुपैयाँसम्मको झिलिमिली बत्ती आयात भएको नेपाल इलेक्ट्रिक व्यवसायी महासंघका अध्यक्ष सुदर्शनप्रसाद पौडेलले बताए । उनका अनुसार झिलिमिली बत्तीहरुको माग राम्रो रहेको छ ।

बजारमा माग बढेसँगै बत्तीको मूल्य पनि बढेको उनले बताए । मूल्य बढेकाले पनि आयात भएको वस्तु बढी देखिएको अध्यक्ष पौडेलको भनाइ छ ।

यस वर्ष झिलिमिली बत्तीको भन्सार शुल्क अघिल्लो वर्षभन्दा दोब्बर तिरेर आयात भइरहेको छ ।

अध्यक्ष पौडेलले भने, ‘अर्थतन्त्र त्यति चलायमान नभएकाले गर्दा बजार माग अलि कम हुने आकलन छ । अघिल्ला वर्षहरुमा जस्तो उत्साह आमउपभोक्ताहरुमा देखिएको छैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर