दराजको ११.११ सेलमा सिटिजन्स बैंकका ग्राहकलाई छुट – Nepal Press

दराजको ११.११ सेलमा सिटिजन्स बैंकका ग्राहकलाई छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकलाई अनलाइन बजार दराज केयमुबीच छुट प्रदान गर्ने सम्झौता भएको छ । बैंक र दराजबीच शुक्रबार छुट प्रदान गर्ने सम्झौता भएको हो ।

सम्झौताअनुसार बैंकका कार्डबाहक ग्राहकलाई यही कार्तिक २५ गतेदेखि दराजको ११.११ अभियानमा छुट प्रदान गरिने भएको छ ।

ग्राहकले दराजको ११.११ अभियानमा सामान खरिद गर्दा डेबिट कार्डमार्फत अग्रिम भुक्तानीमा १५ प्रतिशत वा अधिकतम २ हजार रुपैयाँसम्मको छुट र क्रेडिट कार्डमार्फत अग्रिम भुक्तानीमा २० प्रतिशत वा अधिकतम २ हजार ५०० रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *