सीडी विजय र रानीको स्वरमा निक्स–विनाको ‘लाउँदैन र माया’
नेपाल प्रेस
२०८० कार्तिक २५ गते १४:२७
काठमाडौँ । गायिका रानी शाक्य र गायक सीडी विजय अधिकारीको स्वरमा ‘लाउँदैन र माया’ बोलको रोमान्टिक गीत सार्वजनिक भएको छ । यो गीतमा गौरी काफ्ले र सीडी विजय अधिकारीको शब्द, अधिकारीकै संगीत छ ।
यो रोमान्टिक गीत कर्णप्रिय पनि छ । यसको भिडियोलाई झनै आकर्षक बनाइएको छ । प्रहिल कार्कीको निर्देशनमा तयार भएको यो गीतको भिडियोमा निक्स शर्मा र मोडल विना राउतको रोमान्टिक अवतार हेर्न सकिन्छ ।
फिल्मी शैलीको लाग्ने यो गीतको भिडियोमा माधव बेलवासेको सम्पादन, उत्तम हुमागाँइको छायांकन छ ।
रानी शाक्यले यसपटक रोमान्टिक गीत तिहारको उपलक्ष्यमा दर्शकलाई उपहार स्वरूप सार्वजनिक गरेकी हुन् ।
प्रतिक्रिया
सम्बन्धित खवर