कोरोनाकालमा थलिएका होमस्टे उकास्न प्रदेश सरकार लागिरहेको छ : पर्यटन मन्त्री धामी – Nepal Press

कोरोनाकालमा थलिएका होमस्टे उकास्न प्रदेश सरकार लागिरहेको छ : पर्यटन मन्त्री धामी

कैलाली । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामीले होमस्टे स्वरोजगारका लागि राम्रो पाटो हुन सक्ने बताएका छन् ।

तिहार तथा छठ पर्वको अवसरमा कैलालीको घोडाघोडी नगरपालिका वडा न ४ माघीमा आयोजना गरिएको शुभकामना आदान प्रदान कार्यक्रममा मन्त्री धामीले होमस्टे मार्फत स्वरोजगार प्रदान गर्ने प्रदेश सरकारको योजना रहेको बताएका हुन् ।

‘कैलालीको माघी होमस्टे चर्चामा रहेको होमस्टे हो । कोरोनाको समयमा पछाडि परेको होमस्टेको अवस्था अझै सुधार हुन सकेको छैन’ मन्त्री धामीले भने, ‘यसलाई राम्रो अवस्थामा फर्काउनका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्नेछ ।’

मन्त्री धामीले पर्यटनको स्रोतहरूको पहिचान गरी प्रत्यक्ष रूपमा जोडिनुपर्नेमा जोड दिए । घोडाघोडीमा पर्यटनका धेरै स्रोतहरू रहेको बताउँदै उनले स्रोतहरूको पनि गरी व्यवस्थापन गर्न सके करोडौँ आम्दानी गर्न सक्ने बताए ।

कार्यक्रममा उपस्थित संविधानसभा सदस्य तथा पूर्व प्रदेश सभा सदस्य वीरभान चौधरीले पर्यटन प्रवर्द्धनका लागि पूर्वाधार विकास आवश्यक रहेको बताए ।

प्रदेश सांसद खुसीराम चौधरीले विकास नभएको क्षेत्रमा विकास गर्ने लक्ष्य रहेको बताए । घोडाघोडी नगरपालिकाका प्रमुख खडक रावतले घोडाघोडीले सुदूरपश्चिमलाई विश्वमा चिनाएको बताए ।

२०७८ फागुन २७ गते घोडाघोडीलाई नेपालमै पहिलो चरा अभय आरण्य क्षेत्र घोषणा गरिएको थियो । सोही क्षेत्रमै पर्ने माघी होमस्टेमा कार्यक्रम आयोजना गरिएको हो । उक्त कार्यक्रमले घोडाघोडी क्षेत्रमा पर्यटन प्रवर्द्धन थप टेवा पुग्ने अपेक्षा गरिएको छ ।

माघी होमस्टे,सुन्दर सामुदायिक वन, कल्पवृक्ष सामुदायिक बनले कार्यक्रमको आयोजना गरेका थिए । कार्यक्रममा माघी होमस्टेका अध्यक्ष सिताराम चौधरीले होमस्टेको प्रवर्द्धन तथा विकासमा सहयोग पुराउन भन्दै मन्त्री धामीलाई ज्ञापन पत्र बुझाएका थिए । सुन्दर सामुदायिक बनले पनि मन्त्री धामीलाई ज्ञापन पत्र बुझाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर