जाजरकोट भूकम्पको दुःखद क्षतिमा भाइटीका नलगाउने माओवादी नेता जनार्दन शर्माको निर्णय
नेपाल प्रेस
२०८० कार्तिक २७ गते २१:०५
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले जाजरकोटमा गएको भूकम्पमा भएको जनधनको क्षतिको दुःखद परिस्थितिमा यसपालिका भाइटीका नलगाउने निर्णय गरेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो जानकारी गराएका हुन् । ‘मिति २०८०/०७/१७ गतेको विनाशकारी भुकम्प बाट मुत्यु हुने, घाइते हुने र सम्पत्ति क्षति भै पर्न गएको यस दुःखको घडीमा यस पटकको भाइटीका नलगाउने निर्णय गरेको छु’, शर्माले लेखेका छन् ।
भूकम्पमा परी १५३ जनाको ज्यान गएको थियो भने करिब ३५० जना घाइते भएका थिए तथा सयौं घरमा क्षति पुगेका थियो ।
प्रतिक्रिया
अनि यो प्रचारको विषय नै होईन । तिमीहरू ढोंगी हौ भन्ने कुरा यसैबाट पनि प्रमाणित हुन्छ ।
जाजरकोटको सोलार लुटेकोमा पछुतो हो कि !
Hindu lagaayat anya samudaaya le manaaune dharmic parba yi nastik communist le kina manaauna paryo? Dhongi haru !