भाइटीकाका दिन मात्र खुल्ने बालगोपालेश्वर मन्दिरमा भक्तजनको भिड (तस्बिरहरू)
२०८० कार्तिक २९ गते १२:४७
काठमाडौं । भाइटीकाका अवसरमा खुलेको बालगोपालेश्वर मन्दिरमा भक्तजनको भिड लागेको छ ।
रानीपोखरी बीचमा रहेको उक्त मन्दिर प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिन मात्र खुला हुने गर्दछ ।
मन्दिरमा आज बिहानैदेखि भाइटीका मनाउने भक्तजनको भिड लागेको छ ।
भाइटिकाको अवसरमा दाजुभाइ नहुने दिदीबहिनी र दिदीबहिनी नहुने दाजुभाइ रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिरमा आई पूजा आराधना गरेर टीका लगाउने गर्छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर