एमालेलाई कोशी सरकारबाट नबाहिरिन आग्रह गरेका छौं : शेखर कोइराला (भिडिओ)
‘टिकटकमाथि प्रतिबन्ध लगाउनु ठूलो गल्ती हो’
विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोशी प्रदेशमा आफुहरुले नेकपा एमालेलाई सरकारबाट नबाहिरिन आग्रह गरेको बताएका छन् ।
शुक्रबार विराटनगर बिमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले अहिले पनि कोशी प्रदेशमा एमालेलाई सरकारमा ल्याउने प्रयास भइरहेको बताउदै बजेट आएपछि सरकारले पूर्णता पाउने समेत बताए । उनले अब पनि सहमतिको सरकार बनाउने प्रयास जारी रहेको धारणा राखे ।
नेता कोइरालाले जनतालाई आशा देखाउने गरी सरकारले काम गर्न नसकेको बताउँदै चिन्तित हुनुपर्ने अवस्था भने नआएको जिकिर गरे । उनले गणतन्त्र खराब व्यवस्था नभएपनि राजनैतिक दलका नेताहरुको कारण बद्नाम भएको र जनतामा निराशा छाएको धारणा राखे ।
नेता कोइरालाले मिडियाले सरकारको विरोध गर्ने कार्यलाई सल्लाहका रुपमा लिएर सच्चिदै जानुपर्ने र सरकार प्रमुखबाट बेला बेलामा भईरहेको अभिव्यक्तिले पनि अराजकता निम्तिएको बताए । नेता कोइरालाले अन्य देशहरुको उदाहरण दिँदै सामाजिक संजालहरुलाई नियमन गर्नुपर्ने बेला सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउनु ठूलो गल्ती भएको बताए ।
Yiu lost your credibility, man !!
You are not a leader any more as you seemed to be and expected to be !!
Do the politics of ethics, no matter you lose or win the match !!