विश्वकप फाइनलमा पहिला ब्याटिङ गर्नु ठिक कि दोस्रोमा ? इतिहास यस्तो छ – Nepal Press

विश्वकप फाइनलमा पहिला ब्याटिङ गर्नु ठिक कि दोस्रोमा ? इतिहास यस्तो छ

अहमदावाद । भारतमा जारी १३ ‍औँ एकदिवशीय विश्वकपको फाइनल केही बेरमा सुरु हुँदै छ ।

अहमदावादमा नेपाली समयअनुसार २ बजेर १५ मिनेटमा सुरु हुने फाइनलमा अस्ट्रेलियाले टस जितेर पहिला बलिङ रोजेको छ ।

विश्वकप फाइनलको इतिहासमा ७ पटक पहिला ब्याटिङ गर्ने र ५ पटक लक्ष्य पछ्याउने टोलीले उपाधि जितेका छन् ।

५ पटकमध्ये ४ पटक घरेलु टोलीले जितेका थिए। सन् १९९६ मा श्रीलङ्का, सन् २०११ मा भारत, सन् २०१५ मा अस्ट्रेलिया र सन् २०१९ मा इङ्गल्यान्ड घरेलु टोली थिए जसले फाइनलमा लक्ष्य पछ्याएर उपाधि जितेका हुन् ।

जारी विश्वकपमा भारतले सुरुका ५ खेलमा लक्ष्य पछ्याएर जितेको थियो भने त्यसपछिका ५ खेलमा पहिला ब्याटिङ गरेको थियो ।

जारी विश्वकपमा पहिला ब्याटिङ गरेका कुनै पनि टोलीले भारतविरुद्ध २ सय ९० भन्दा बढी रन बनाउन सकेका छैनन् ।

अस्ट्रेलियाले सेमिफाइनलसहित पछिल्ला लगातार तीन खेल लक्ष्य पछ्याउने क्रममा जितेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *