लगातार दुई खेलमा शतक बनाएका अय्यर र कप्तान रोहित भए आउट, दबाबमा भारत – Nepal Press

लगातार दुई खेलमा शतक बनाएका अय्यर र कप्तान रोहित भए आउट, दबाबमा भारत

नयाँ दिल्ली । विश्वकपको फाइनलमा अहिले अस्ट्रेलियाविरुद्ध पहिला ब्याटिङ गरिरहेको भारत ५ रनको अन्तरमा दुई विकेट गुमाएपछि दबाबमा परेको छ ।

भारतले ११ ओभरमा ३ विकेट गुमाएर ८३ रन जोडेको छ । कप्तान रोहित शर्मा ४७, श्रेयस अय्यर ४ र सुभमन गिल ४ रनमा आउट भए ।

अस्ट्रेलियाका ग्लेन म्याक्सवेल, मिचेल स्टार्क र प्याट कुमिन्सले एकएक विकेट लिए । ३० रन जोड्दा पहिलो विकेट गुमाएको भारतले ७६ रनमा दोस्रो र ८१ रनमा तेस्रो विकेट गुमाएको छ । अय्यरले पछिल्ला लगातार दुई खेलमा शतक बनाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *