लिगमा सुरुका तीन ब्याट्सम्यान शून्यमा आउट भए पनि कोहली-राहुलको जोडीले हराएको थियो अस्ट्रेलियालाई – Nepal Press

लिगमा सुरुका तीन ब्याट्सम्यान शून्यमा आउट भए पनि कोहली-राहुलको जोडीले हराएको थियो अस्ट्रेलियालाई

काठमाडौं । एक दिवसीय विश्वकपको फाइनलमा अहिले भारत र अस्ट्रेलिया भिडिरहेका छन् । टस हारेपछि ब्याटिङको जिम्मा पाएको भारतले १६ ओभरमा ३ विकेट गुमाएर १०१ रन जोडेको छ । विराट कोहली ३४ र केएल राहुल १० रनमा खेल्दैछन् ।

कप्तान रोहित शर्मा ४७, श्रेयस अय्यर ४ र सुभमन गिल ४ रनमा आउट भए । ३० रन जोड्दा पहिलो विकेट गुमाएको भारतले ७६ रनमा दोस्रो र ८१ रनमा तेस्रो विकेट गुमाएको थियो । अहिले ब्याटिङमा विराट कोहली र केएल राहुल छन् । यो जोडीले ४१ दिनअघि भएको लिगमा अस्ट्रेलियालाई हराएको थियो ।

जारी विश्वकपको आफ्नो पहिलो खेलमा गत ८ अक्टोबरमा अस्ट्रेलियासँग भिड्ने क्रममा भारतका माथिल्लो क्रमका तीन ब्याट्सम्यानले खाता खोल्न सकेका थिएनन् । रोहित शर्मा, इशन किसन र श्रेयस अय्यर शून्यमा आउट भएपछि भारत २ रनमा ३ विकेटको स्थितिमा थियो ।

तर, त्यसपछि कोहली र राहुलले चौथो विकेटका लागि १६५ रनको साझेदारी गरेका थिए । त्यस खेलमा २०० रनको लक्ष्य पछ्याएको भारतका लागि कोहलीले ८५ र राहुलले अविजित ९७ रन बनाएका थिए ।

त्यसअघि गत एसिया कपको सुपर ४ मा पनि यो जोडीले पाकिस्तानविरुद्ध २३३ रनको साझेदारी गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *