करिब २ केजी कोकिनसहित त्रिभुवन विमानस्थलबाट भारतीय महिला पक्राउ
नेपाल प्रेस
२०८० मंसिर ५ गते १३:५७
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब २ केजी कोकिनसहित भारतीय महिला पक्राउ परेकी छिन् ।
लागू औषध नियन्त्रण ब्युरोको टोलीले ३२ वर्षीया किमरोसाङ्गीलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनी सोमबार हिमालयन एयरलाइन्समार्फत दोहा हुँदै काठमाडौं आइपुगेकी थिइन् ।
उनले साथमा ल्याएको सुटकेसमा फल्स बटन बनाएर त्यसभित्र कोकिन लुकाएर ल्याएको ब्युरोले जनाएको छ।
सुटकेसभित्र एक केजी ९ सय ७३ ग्राम कोकिन भेटिएको थियो।
प्रतिक्रिया
सम्बन्धित खवर