ब्रेकिङ
नेकपा प्रवक्ताबाट नारायणकाजी हटाएर प्रदीप ज्ञवाली बनाउने ओली पक्षको निर्णय
नेपाल प्रेस
२०७७ पुष ७ गते १२:३३
काठमाडौं । सत्तारुढ नेकपाको बालुवाटारमा बसिरहेको प्रधानमन्त्री केपी ओली पक्षधर केन्द्रीय कमिटी बैठकले पार्टीको प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाएको छ । अब नेकपाको प्रवक्ता प्रदीप ज्ञवाली तोकिएका छन् ।
पार्टीको निर्णित मान्यता व्यक्त गर्न नसकेकोले नारायणकाजी श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारीबाट मुक्त गर्दै प्रदीप ज्ञवालीलाई प्रवक्ता तोकेको बैठकको निर्णयमा उल्लेख छ ।
बैठकले महासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्ताव पारित गर्दै ११ सय ९९ सदस्यीय केन्द्रीय कमिटी अनुमोदन गरेको छ । सोही कमिटीलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गर्न सकिने विधानमा उल्लेख छ ।
प्रतिक्रिया
सम्बन्धित खवर