नयाँ कार्यालयमा सर्दै प्रधानमन्त्रीले भने- त्यहाँ गुम्म थियो, यहाँ अब अलि बढी फुर्छ होला (भिडिओ) – Nepal Press

नयाँ कार्यालयमा सर्दै प्रधानमन्त्रीले भने- त्यहाँ गुम्म थियो, यहाँ अब अलि बढी फुर्छ होला (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सिंहदरबारको पश्चिम तर्फको (रेट्रो फिटिंग भएको) भागमा बनाइएको कार्यालयमा सरेका छन् ।

०७२ सालमा गएको भूकम्पबाट क्षति भएको संरचनालाई रेट्रो फिटिंग गरेर अहिले प्रधानमन्त्री त्यही कार्यालयमा सरेका हुन् ।

नयाँ कार्यालयमा सर्दै प्रधानमन्त्री प्रचण्डले भूकम्पबाट क्षति भएको १२० वर्ष पुरानो भवनको मूल संरचनालाई कायमै राखेर पुनर्निर्माण गरिएको बताए ।

उनले भने- १२० वर्ष पुरानो भवनलाई यसको मूल संरचनालाई कायमै राखेर भूकम्पबाट भएको क्षतिको पुनर्निर्माण गरेर हामी अगाडि आएका छौँ । पहिले बस्दै गरेको ठाउँभन्दा ठूलो स्पेस भएकाले यहाँ सरेको हुँ ।

उनले पुनर्निर्माणलाई सक्न निरन्तर काम गर्ने सहरी विकास मन्त्रालय र सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे ।

उनले भने- मलाई कता कता अहिले बसेको ठाउँमा बस्दा गुम्म परेको जस्तो, फ्रेस नहुनेजस्तो लाग्थ्यो । यो ठाउँमा आएपछि सबैतिर देखिने, स्पेसपनि ठूलो सबै कारणले अलि बढी फुर्छ होला दिमाग चाहिँ भन्ने मैले महशुस गरेको छु ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर