कात्तिकसम्ममा देशको व्यापार घाटा ४ खर्ब ६१ अर्ब बढी – Nepal Press

कात्तिकसम्ममा देशको व्यापार घाटा ४ खर्ब ६१ अर्ब बढी

काठमाडौं । चालू आर्थिक वर्षको चौथौ महिना(कात्तिक)सम्म देशको व्यपार घाटा चार खर्ब ६१ अर्ब रुपैयाँ बढी रहेको छ ।

बिहीबार भन्सार विभागले सार्वजनिक गरेको तथ्याङक अनुसार चालू आर्थिक वर्षको कात्तिक महिनासम्म देशको व्यापार घाटा ४ खर्ब ६१ अर्ब ९३ करोड ८० लाख ९३ हजार रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चार खर्ब ७७ अर्ब ९१ करोड ७० लाख ६५ हजार रुपैयाँ रहेको थियो ।

त्यस्तै, चालू आर्थिक वर्षको कात्तिक महिनासम्म देशको आयात ३.७९ प्रतिशतले घटेको छ । जहाँ कात्तिक महिनासम्म ५ खर्ब १२ अर्ब ५० करोड ३४ लाख ७४ हजार रुपैयाँको आयात भएको छ ।

गत वर्षको सोही अवधिमा भने ५ खर्ब ३२ अर्ब बढीको आयात भएको थियो । चार महिनामा देशको निर्यात ७.६८ प्रतिशतले घटेको छ । जहाँ ५० अर्ब ५६ करोड ५३ लाख ८१ हजार रुपैयाँको निर्यात भएको छ । कात्तिकसम्म आयात निर्यात अनुपात ४.२२ प्रतिशतले वृद्धि भएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर