आईएमई लाइफले पायो चौथो इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड – Nepal Press

आईएमई लाइफले पायो चौथो इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड चौथो इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड २०२३ प्राप्त गर्न सफल भएको छ ।

कम्पनी चौथो इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड २०२३ को ‘बेस्ट लाइफ इन्स्योरेन्स अवार्ड नेपाल’ मा ‘रनर अप’ को उपाधि पाउन सफल भएको हो ।

इन्डियन चेम्बर अफ कमर्सद्वारा मुम्बईमा आयोजित चौथो इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड २०२३ कार्यक्रममा उक्त सम्मान इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुयालले ग्रहण गरेका छन् ।

विश्व विख्यात चार्टर्ड एकाउन्टेन्सी तथा कन्सल्टेन्सी संस्था पीडब्लूसी, इन्डियन इन्स्टिच्युट अफ इन्स्योरेन्सलगायत संस्थाहरुद्वारा स्वतन्त्र रुपमा मूल्यांकन गरी विभिन्न वित्तीय सूचकांकहरुमा उत्कृष्ट कार्यसम्पादनको आधारमा उक्त अवार्ड प्रदान गरिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर