कमला नदीमा अनौठो भूत मेला : धामीझाँक्री र भगताहरु मेलातर्फ जाँदै (तस्बिरहरु) – Nepal Press

कमला नदीमा अनौठो भूत मेला : धामीझाँक्री र भगताहरु मेलातर्फ जाँदै (तस्बिरहरु)

जनकपुरधाम । कात्तिक पूर्णिमाको अवसरमा धनुषा-सिरहा जिल्ला जोड्ने कमला नदीमा अनौठो ‘भूत मेला’ लाग्छ । मेलाका लागि धामीझाँक्री, भगता र सर्वसधारणहरु घरबाट हिँडेका छन् ।

धनुषा र सिरहाका गाउँ-गाउँबाट भगताहरु ‘घरको कुलदेवता’ खेल्दै कमला घाटतर्फ गइरहेको देख्न सकिन्छ । आज हिँडेकाहरु राति कमलामै बास बस्छन् । भोलि स्नान र पूजापाठपछि दहीच्यूरा खाएर फर्किन्छन् ।

कात्तिक पूर्णिमाको दिन स्नान, दान र ब्रत गर्नाले मुक्ति मिल्ने जनविश्वास छ । कमला नदीलाई गंगा सरह मानिन्छ । त्यसैले, यो नदीमा कात्तिक पूर्णिमा अर्थात् भोलि बिहान लाखौं मानिस स्नान गर्छन् ।

नवभगताहरु भने सिद्धि प्राप्तिका लागि कात्तिक पूर्णिमाको दिन कमला स्नान गर्छन् । तन्त्र शास्त्रका अनुसार तन्त्र सिद्धिको लागि यस दिन पूर्णाहुती दिने चलन छ । तराई मधेशमा वर्षैंदेखि तन्त्र विधामा सर्वसाधारणको विश्वास रहँदै आएको छ ।

विशेषगरी ग्रामीण मधेशमा अझै पनि टुनामुनामा विश्वास गर्ने महिला पुरुषहरुको संख्या ठूलो रहेको छ । ‘कुलदेवता’ खेल्दा भूतजस्तो गर्ने गरेकाले पूर्णिमा मेलालाई ‘भूतमेला’ भन्ने गरिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *