अंग्रेजी नयाँ वर्षमा पोखरा सडक महोत्सव आयोजना गरिँदै – Nepal Press

अंग्रेजी नयाँ वर्षमा पोखरा सडक महोत्सव आयोजना गरिँदै

पोखरा । पोखराको लेकसाइड क्षेत्रमा रेस्टुरेन्ट एन्ड बार एशोसियशन (रेवान) पोखराले अग्रेजी नयाँमा सडक महोत्सव गर्ने भएको छ । रेवान पोखराले आइतबार पत्रकार सम्मेलन गर्दै महोत्सवको पच्चिसौँ संस्करण आगामी पुस १२ देखि १६ गतेसम्म हुने भएको हो ।

आन्तरिक तथा बाह्य पर्यटकका लागि पोखरालाई अङ्ग्रेजी नयाँ वर्षको प्रान्तव्य स्थलका रुपमा चिनाउन महोत्सव गर्दै आएको रेवान पोखराका कार्यवाहक अध्यक्ष विश्वराज पौडेलले बताए । यसअघिका सडक महोत्सवको अवधिका साढे ४ लाख देखि ५ लाखसम्म पर्यटक पोखरा आउने गरेकोमा यसपालि त्यसमा एक लाख थप गर्ने लक्ष्य लिइएको पौडेलले सुनाए ।

५ दिने महोत्सव पोखराको लेकसाइड क्षेत्रको करिब ३ किमीमा हुनेछ । महोत्सव फिस्टेल गेटदेखि गैराको चौतारा हुँदै जरेबरसम्मको सडकमा हुनेछ ।

‘सडकमै खाऔँ, सडकमै रमाऔँ’ भन्ने उद्घोषका साथ हुने महोत्सवलाई पृथक र थप आर्कषक बनाउने प्रत्यत्न गरिएको महोत्सवका संयोजक पौडेलले बताए । उनले भने, ‘सडकमै सांस्कृतिक कार्यक्रममा बढी जोड दिएका छौँ । समग्र पोखराको पर्यटन प्रवद्र्धनमा यसले सघाउने अपेक्षा छ ।’

महोत्सवमा साँस्कृतिक कार्यक्रम, मौलिक भेषभूषा प्रदर्शनसँगै राष्ट्रिय तथा अन्तराष्ट्रिय खानाको प्रदर्शनी, दोहोरी गीत प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रीकालीन कन्सर्ट, बोट रेस, वेटर रेस, टग अफ कार जस्ता कार्यक्रम हुनेछन् । सँगसँगै भलिबल प्रतियोगिता, सचेतना मुलक सडक नाटक, टक सो, हस्तकला, चित्रकला, मूर्तिकला तथा कृषि, वनस्पती लगायतका सामग्री प्रदर्शनी गरिनेछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *