मध्य पहाडी लोकमार्ग अभियानलाई प्रभावकारी बनाउन एमाले कोशीको तयारी
विराटनगर । नेकपा एमालेले शुरु गर्न मध्य पहाडी लाेकमार्गमा सन्चालन गर्न लागिरहेको विशेष अभियानलाई कोशी प्रदेशभित्र प्रभावकारी बनाउन नेकपा (एमाले) कोशी प्रदेशले तयारी थालेको छ ।
बैतडीको झुलाघाटबाट पाँचथरको चिवा भञ्ज्याङ जोड्ने पुष्पलाल मध्य पहाडी लोकमार्गमा अभियान सफल बनाउन एमाले कोशीले तयारी थालेको हो ।
अभियान अन्तर्गत मंसिर २६ गते अभियान टोलीलाई स्वागतसहित उदयपुरको घुर्मीमा जनसभा हुनेछ । त्यस्तै मंसिरको २८ गते तेह्रथुमको बसन्तपुर र मंसिर ३० गते पाँथरको फिदिममा विशाल जनसहभागीतामा सभा हुनेछन् ।
घुर्मि, बसन्तपुर र फिदिममा हुने तीनवटै सभा र जनपरिचालन नेकपा (एमाले) कोशी प्रदेश कमिटी र सबै जिल्ला कमिटीले व्यवस्थापन र जन परिचालन गरिने नेकपा (एमाले) कोशी प्रदेश सदस्य तथा प्रचार विभाग प्रमुख लक्ष्मण तिवारीले जानकारी दिए ।
पहाड जैविक विविधताको हिसावले समृद्ध छ, जलस्रोतको प्रचुर सम्भावना छ, फलफूल तरकारी र जडिबुटिजन्य कृषिको भण्डार रहेकोछ र पहाड सामाजिक सांस्कृतिक विविधतायुक्त जातीय सद्भावयुक्त रहेको छ भन्ने विषयलाई यो अभियानले थप बलशाली र संस्थागत गर्ने प्रमुख तिवारीले बताए ।
कृषि क्षेत्र र उत्पादन प्रबद्र्धन, किसानहरुको सम्मान, अग्रज वामपन्थीहरुको खोजी र सम्मान पहाडी संस्कृति र भूगोलको विकास शिक्षा, स्वास्थ्य, खानेपानी लगायत पूर्वाधारको योजना निर्माणमा अभियानले नयाँ र रचनात्मक सन्देश दिने तिवारीले बताए ।
कोशी प्रदेशभीत्र हुने हरेक आमसभाहरुमा न्युनतम २५ हजार जनसहभागी रहने नेकपा (एमाले) कोशी प्रदेश सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका प्रमुख बाबुराम थापाले जानकारी दिए ।
कोशी प्रदेश अन्तर्गतका सडकहरु घुर्मि, हर्कपुर, हलेशी, दित्तेल, चखेवा डाँडा, भोजपुर बजार, लेगुवा, पाख्रिबास, हिले, सिधुवा, बसन्तपुर, लसुने, जिरीखिम्ति, म्या¨लुङ, संक्राति बजार, छातेढु¨ा, चुहानडाँडा, जोरसाल, फिदिम, गणेशचोक, थर्पु र च्याङथापुमा स्वागत गेटहरु निर्माण गरिने छन ।
आइतबार इटहरीमा प्रचार विभाग प्रमुख लक्ष्मण तिवारी, जनसंगठन संयन्त्र प्रमुख बाबुराम थापा, ट्रेड युनियन इन्चार्ज भीमज्वाला राई केन्द्रीय प्रचार विभाग प्रमुख लिलाराज भट्टराई, युवा विभाग ईन्चार्ज सावित्रा राई, साहित्य, कला, संस्कृति विभाग उपप्रमुख जेबी थुलुङ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन कोशी अध्यक्ष गौरी लामा लगायतको उपस्थितिमा छलफल भएको थियो ।
धेरै राम्रो रचनात्मक काम ।