उदयपुरमा लागुऔषध नियन्त्रण गर्न प्रहरीको ‘एमडीआई’ अभियान – Nepal Press

उदयपुरमा लागुऔषध नियन्त्रण गर्न प्रहरीको ‘एमडीआई’ अभियान

उदयपुर । उदयपुरमा प्रहरीले लागुऔषध नियन्त्रणका मिसन ड्रग्स इन्टरसेप्सन (एमडीआई) अभियान थालेको छ । दुर्व्यसनीबाट हुने हानीबारे सेवनकर्तालाई महसुस गराई उनीहरूकै अगुवाइमा लागुऔषधविरुद्ध चेतना जगाउने मुख्य उद्देश्यले उक्त अभियान थालिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

त्रियुगा नगरपालिकामा आयोजित एक कार्यक्रमका बीच अभियानको पहिलो दिन अभिभावक, जनप्रतिनिधिलगायतलाई साक्षी राखेर ५२ जनाले ‘लागुऔषध सेवन नगर्ने मैले दृढता गरेँ’ हस्ताक्षर गरी प्रतिवद्धता जनाएका छन् ।

उदयपुरका प्रहरी प्रमुख एसपी रमेश थापाले लागुऔषध छुटाउन प्रहरीले प्रयोगकर्तामाझ काउन्सिलिङ गरेको र त्यसले नतिजा राम्रो देखिएको बताए । उनले जिल्लाका ग्रामीण बस्तीसम्म अभियानलाई लैजाने बताएका छन् । त्यसका लागि जनप्रतिनिधिसँग समन्वय गरेर प्रहरीले काम गर्ने थापाको भनाइ छ । अभियान सुरू गरेयता ड्रग्स प्रयोगकर्ता, कारोबारी पक्राउ पर्न थालेको प्रहरीको भनाइ छ ।

प्रहरीले चेतना जगाउँदै दुर्व्यसन नियन्त्रणमा थालेको यो अभियानको सरोकारवालाले तारिफ गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर