भ्रष्टाचार आरोपमा रामधुनीका उपमेयर र वडाध्यक्षसहित ९ जनाविरुद्ध मुद्दा दायर
नेपाल प्रेस
२०८० मंसिर ११ गते १२:५०
काठमाडौं । सुनसरीको रामधुनी नगरपालिकाका तत्कालीन उपमेयर सविनाकुमारी चौधरीसहित ९ जनाविरुद्ध विशेष अदालतमा सोमबार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापभन्दा बढी बाटो कालोपत्रे गरेको देखाएर भ्रष्ट्राचार गरेको भन्दै उनीहरुविरुद्ध अभियोग पत्र दायर गरेको हो ।
तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपाने, लेखा अधिकृत देवेन्द्रनारायण चौधरी, शव इन्जिनियर हर्षलाल चौधरी, वडा-३ का वडाध्यक्ष रामकुमार चौधरीसहितलाई प्रतिवादी बनाइएको छ ।
२ लाख १२ हजार ७३ रुपैयाँ ५८ पैसा भ्रष्ट्राचार भएको अख्तियारको ठहर छ।
प्रतिक्रिया
सम्बन्धित खवर