देउवाको दाबी- कसैले भनेर अब राजतन्त्र फर्किँदैन
नेपाल प्रेस
२०८० मंसिर ११ गते १७:४१
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजतन्त्र फर्किने कुनै सम्भावना नभएको दाबी गरेका छन् । नवलपरासीको जिल्ला भेलालाई सम्बोधन गर्दै पूर्वराजा ज्ञानेन्द्र शाह अब राजाको रुपमा नआउने दाबी गरे ।
उनले भने, ‘पूर्वराजा राजाको रुपमा फर्किने सम्भावना छैन । संविधान सभाले नै राजालाई हटाउने निर्णय गरेपछि अरु कसैले भन्दैमा आउनेवाला छैनन् । मान्छेहरुले अरु कुराहरुको सोच्नुपर्ने भन्छन्, धर्मको विषयमा पनि भनिराखेका छन् हुनेवाला केही छैन । सरसल्लाह गर्न सकिन्छ । तर, राजतन्त्र फर्किने सम्भावना छैन ।’
उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझै बलियो बनाउँन लाग आह्वान गरे ।
प्रतिक्रिया