रातोपुलमा स्पा सञ्चालकको धन्दा- अश्लील भिडिओ खिचेर युवतीको देह व्यापार
नेपाल प्रेस
२०८० मंसिर ११ गते १७:४९
काठमाडौं । काठमाडौंको रातो पुलमा वेश्यावृत्ति सञ्चालन गरेको आरोपमा स्पा सञ्चालक पक्राउ परेका छन् । मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले संखुवासभाको चिचिला गाउँपालिका–१ का ४३ वर्षीय दिनेश पौडेललाई पक्राउ गरेको हो ।
उनले काठमाडौं महानगरपालिका–१ रातो पुलमा नुवाकोट ब्युटी पार्लर एन्ड स्पा सेन्टर सञ्चालन गर्दै आएका थिए । उक्त स्पामा राखिएका युवतीहरुलाई वेश्यावृत्तिमा लगाइएको पाइएपछि पौडेललाई नियन्त्रणमा लिइएको ब्यूरोले जनाएको छ ।
ब्यूरोका अनुसार उक्त स्पाबाट ३ जना युवतीलाई उद्धार पनि गरिएको छ । पौडेलमाथि अदालतबाट ५ दिनको थुना म्याद लिएर अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर