कांग्रेसको विघटन गरिएका ३ भ्रातृ संस्थामा अध्यक्ष नियुक्त
नेपाल प्रेस
२०८० मंसिर १२ गते १४:४६
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले म्याद समाप्त भई स्वतः विघटन भएका तीन भ्रातृ संघमा अध्यक्ष नियुक्त गरेका छन् ।
देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम म्याद समाप्त भई स्वतः विघटन भएको भ्रातृ संघ- नेपाल प्रजातन्त्र सेनानी संघको अध्यक्षमा बालकृष्ण दाहाल (ओखलढुंगा), नेपाल भूतपूर्व सैनिक संघको अध्यक्षमा मेघराज टण्डन (कपिलवस्तु) र राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा प्रकाश पन्थ (तनहुँ) लाई नियुक्त गरेका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
प्रतिक्रिया