मधेशका कांग्रेस सांसद यादवको चेतावनी- अधिकार खोसिए मधेशले विद्रोह गर्छ, अलग देश बन्न सक्छ (भिडिओ) – Nepal Press

मधेशका कांग्रेस सांसद यादवको चेतावनी- अधिकार खोसिए मधेशले विद्रोह गर्छ, अलग देश बन्न सक्छ (भिडिओ)

जनकपुरधाम । नेपाली कांग्रेसका मधेश प्रदेशसभा सदस्य रामसरोज यादवले संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध प्रहार भयो भने विद्रोह गर्ने चेतावनी दिएका छन् ।

प्रदेशसभा बैठकमा बोल्दै सांसद यादवले व्यवस्थाविरुद्ध आन्दोलनलाई ‘पृथकतावादी’को संज्ञा दिए । उनले भने, ‘अधिकार खोस्न खोजियो भने विद्रोह हुन्छ । सारा मधेशी विद्रोह गर्यो भने देश अलग हुनसक्छ ।’

‘तथाकथित बुद्धिजीवीहरु भन्छन् संघीयताले देश कंगाल हुने भयो’, सांसद यादवले भने, ‘स्वघोषित विद्धानहरु भन्दैछन् संघीयता हटाउनुपर्छ । यस्ता आवाजहरु ‘पृथकतावाद आवाज’ हो ।’

संघीय लोकतान्त्रिक गणतन्त्र संसारकै सबभन्दा सुन्दर प्रणाली रहेको भन्दै यो व्यवस्थाविरुद्ध षड्यन्त्र भए मधेशका २३ जिल्लाले विद्रोह गर्नुपर्ने बताए । ‘संघीयता सानो देशले थेग्न सक्दैन भन्छन् तर त्यति सानो देश स्विट्जरलैन्डमा कति राम्रो चलेको छ’, उनको भनाई छ ।

सांसद यादवले सुन्दर प्रणालीलाई कसैले खोस्न चाहन्छ भने त्यसविरुद्ध सबै एकजुट भएर विद्रोह गर्नुपर्नेमा जोड दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर