पासोमा परी घाइते भएको चितुवाको मृत्यु
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
![](https://www.nepalpress.com/wp-content/uploads/2023/11/chituwako-death.jpg)
रुपन्देही । मङ्गलवार अर्घाखाँचीमा पासोमा परी घाइते भएको चितुवाको मृत्यु भएको छ ।
सन्धिखर्क नगरपालिका वडा नम्बर ६ नरपानीको जङ्गलमा पासोमा परेको चितुवा बाँके राष्ट्रिय निकुञ्ज लैजाने क्रममा बाटोमा मरेको डिभिजन वन कार्यालय अर्घाखाँचीका डिभिजन वन अधिकृत ईश्वरी पौडेलले बताए ।
पासोमा चितुवा परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
डिभिजन वन कार्यालय अर्घाखाँचीको पहलमा सुरक्षाकर्मी र स्थानीयबाट उद्धार गरी घाइते अवस्थामा फेला परेको चितुवा उद्धार गरी बाँके राष्ट्रिय निकुञ्ज लैजाने क्रममा शितगंगा नगरपालिकाको डोहोटे नजिकै मरेको हो ।
५९ इन्च लामो र ३३ इन्च अग्लो, झन्डै ३१ केजीको भाले चितुवा रहेको र पासो कसले थापेको विषयमा अनुसन्धान भइरहेको डिभिजन वन अधिकृत पौडेलको भनाइ छ ।