वेस्टमिन्स्टर कलेजमा युनिभर्सिटी अफ वेस्टमिन्स्टर युकेका दुई नयाँ पाठ्यक्रम सञ्चालनमा – Nepal Press

वेस्टमिन्स्टर कलेजमा युनिभर्सिटी अफ वेस्टमिन्स्टर युकेका दुई नयाँ पाठ्यक्रम सञ्चालनमा

काठमाडौं । ललितपुरको कुपण्डोलस्थित ‘द वेस्टमिन्स्टर कलेज’ले यूकेका दुई शैक्षिक पाठ्यक्रमहरु सञ्चालनमा ल्याएको छ।

ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको वेस्टमिन्स्टर कलेजले युनिभर्सिटी अफ वेस्टमिन्स्टर युकेका दुई नयाँ पाठ्यक्रमहरू बीएससी कम्प्युटर साइन्स र साइबर सेक्युरिटी एण्ड फोरेन्सिक्सस् विषय सञ्चालनमा ल्याएको हो ।

सूचना तथा प्रविधिको क्षेत्रमा आवश्यक जनशक्ति तयार गर्नको लागि वेस्टमिन्स्टरले सर्वसुलभ शुल्कमा उल्लेखित पाठ्यक्रमहरु सञ्चालनमा ल्याएको हो । प्रविधिको क्षेत्रमा नविनता र आविष्कार गर्नको लागि सक्षम जनशक्तिको निर्माण गरेर मुलुकको आर्थिक उन्नतिमा महत्वपूर्ण योगदान पुर्याउने लक्ष्य स्वरुप पाठ्यक्रमहरु सञ्चालनमा ल्याएको कलेजको भनाई छ ।

वेस्टमिन्स्टर कलेजका प्रमुख अरुण लाल जोशीले नयाँ पाठ्यक्रमले सकारात्मक प्रभाव पार्ने बताए । उनले भने, ‘हामीले बीएससी कम्प्युटर साइन्स र साइबर सेक्युरिटी एण्ड फोरेन्सिक्सस् विषय सञ्चालनमा ल्याएर शिक्षा मात्रै प्रदान गरिरहेका छैनौं, डिजिटल नेपालको भविष्यलाई समेत आकार दिइरहेका छौं ।’

कलेजले सम्भावित विद्यार्थी र उनीहरुको परिवारहरूलाई यी परिवर्तनकारी शैक्षिका कार्यक्रमहरूले डिजिटल युगमा फस्टाउँदो करिअरको लागि मार्ग प्रशस्त गर्ने जनाएको छ ।

कम्प्युटर साइन्स विषय व्यापक ज्ञानसँग विद्यार्थीहरुलाई हरेक ढंगले तम्तयार पार्नको लागि डिजाइन गरिएको छ । साथै कम्प्युटर साइन्सबारे बृहत ज्ञान, सफ्टवेरको विकास, आर्टिफिसियल इन्टिलिजेन्स, डेटा एनालिटिक्स लगायतका क्षेत्रहरू समेटिएका छन् । यस पाठ्यक्रम विश्वव्यापी उद्योगका आवश्यकताहरु पूरा गर्न र प्राविधिक क्षेत्रका विविध भूमिकाका लागि विद्यार्थीहरु तयार पार्न सक्षम रहेको कलेजको दाबी छ ।

त्यस्तै, कलेजले प्रदान गरेको अर्को विषय साइबर सेक्युरिटी एण्ड फोरेन्सिक कार्यक्रम साइबर सुरक्षा र डिजिटल फोरेन्सिकको महत्वपूर्ण पक्षहरूमा केन्द्रित रहेको छ । जहाँ डिजिटल एसेस्ट्सहरुको सुरक्षा गर्ने र साइबर अपराधहरूको अनुसन्धान गर्ने जनशक्तिहरुको उत्पादन गर्ने लक्ष्य राखेको छ । विश्वव्यापी रूपमा साइबरसुरक्षा विज्ञहरुको बढ्दो मागलाई पुरा गर्नको लागि यस विषय महत्वपूर्ण छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *