दोहोरो अंकले घटेसँगै शेयर बजारकाे कारोबार पनि खुम्चियो
काठमाडौं । बुधबार शेयर बजारमा दोहोरो अंकले गिरावट भएको छ ।
आज नेप्से परिसूचक १७.९३ अंकले घटेर १८७६.६० बिन्दुमा कायम भएको हो । यसदिन बजारमा ३३ लाख ५९ हजार ६०१ कित्ता शेयरको खरिद बिक्री हुँदा १ अर्ब १ करोड ४१ लाख ९५ हजार ५७५ रुपैयाँको कारोबार भएको छ ।
अघिल्लो दिन मंगलबार मात्रै २ अंकले शेयर बजार घटेको थियो । जहाँ डेढ अर्ब बढीको कारोबार भएको थियो । जुन आज बजार घटेसंगै करोबार रकम पनि घटेको छ ।
आजको कारोबारमा विजय लघुवित्त वित्तीय संस्था, कुमारी धनवृद्धि योजना, सिटिजन्स म्युचुअल फण्ड र माथिल्लो हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् भने बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी, अभियान लघुवित्त वित्तीय संस्था र महुलि लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।
त्यसैगरी, कारोबारका आधामा सोनपुर मिनरल्स एण्ड आयल ६ करोड २९ लाख ९७ हजार रुपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ ।