नक्कली शरणार्थी प्रकरण : थुनछेकविरुद्धको पुनरावेदन हेर्दाहेर्दैमा, भोलिबाट जवाफी बहस
नेपाल प्रेस
२०८० मंसिर १३ गते १६:०१
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको थुनछेक आदेशविरुद्धको पुनरावेदन हेर्दाहेर्दैमा राखिएको छ । काठमाडौं जिल्ला अदालतले दिएको थुनछेक आदेशविरुद्धको पुनरावेदन निवेदनमाथिको सरकारी वकिलको बहस भने सकिएको छ ।
भोलिबाट जवाफी बहस हुनेछ । नक्कली भुटानी शरणार्थी प्रकरणका २० प्रतिवादीको बहस सकिएसँगै हिजैबाट सरकारी वकिलले बहस थालेका थिए ।
काठमाडौं जिल्ला अदालतले यसअघि १६ जनालाई थुनामा राख्ने आदेश दिएको थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर