सरकारलाई कांग्रेसको ध्यानाकर्षण- अस्थायी आवास निर्माणको लागि ५० हजार एकैपटक दिनुपर्छ
पार्टीबाट सरकारमा गएका मन्त्रीहरुले गराए अहिलेसम्म प्रगतिबारे जानकारी
नेपाल प्रेस
२०८० मंसिर १३ गते १७:२२
काठमाडौं । नेपाली कांग्रेसले जाजरकोट भूकम्प प्रभावितको अस्थायी आवास निर्माणलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएको छ ।
पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकले पार्टीका मन्त्रीहरुबाट अहिलेसम्म भएका प्रगतिबारे जानकारी लिएको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बताए ।
रकम पठाइसकेको तर स्थानीयको हातमा नपुगेकामा आफूहरु गम्भीर रहेको उपप्रधान तथा रक्षामन्त्री र अर्थमन्त्रीले बैठकमा बताएकोे उनले सुनाए । सरकारले अस्थायी आवास निर्माणको लागि दिने भनिएको ५० हजार एकैपटक दिन सरकारसँग कांग्रेसले माग गरेको उनले बताए ।
प्रतिक्रिया