बैतडीमा अध्यक्ष ओली : निङ्गलाशैनी दर्शन गरी पार्टी कार्यालयको उद्घाटन (तस्बिरहरु) – Nepal Press

बैतडीमा अध्यक्ष ओली : निङ्गलाशैनी दर्शन गरी पार्टी कार्यालयको उद्घाटन (तस्बिरहरु)

बैतडी । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरको दर्शन गरेका छन् । झुलाघाट–चिवाभञ्ज्याङ सङ्कल्प यात्राको उद्घाटनका लागि बैतडी पुगेका अध्यक्ष ओलीले बुधबार साँझ देहीमाण्डौंस्थित निङ्गलाशैनी भगवती मन्दिरको दर्शन गरेका हुन् ।

मन्दिरको दर्शनपछि ओली सन्ध्याकालीन आरतीमा समेत सहभागी भएका थिए । सन्ध्याकालीन आरतीमा सहभागी भएका ओलीलाई प्रसाद स्वरूप तामाको गाग्री प्रदान गरिएको थियो ।

एमाले अध्यक्ष ओलीसँगै केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरूले समेत निङ्गलाशैनी भगवतीको दर्शन गरेका थिए । त्यसलगत्तै अध्यक्ष ओलीले एमाले जिल्ला पार्टी कार्यालय उद्घाटन गर्न पुगेका थिए । यस अघि आजै बैतडी पाटनमा आयोजना गरेको कार्यक्रमलाई पनि अध्यक्ष ओलीले संशोधन गरेका थिए ।

‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा को उद्घाटनका भोलि हुँदैछ । नेपाली झन्डा झन्डोत्तोलन गरेर शुभारम्भ गर्ने कार्यक्रम रहेको नेकपा एमाले बैतडीका जिल्ला सचिव चक्र कार्कीले जानकारी दिए ।

सङ्कल्प यात्राको समुद्घाटनपछि त्रिपुरा सुन्दरी मन्दिरको दर्शन,सहिद दशरथ चन्द, बलदेव रिचपलेको सालिकमा माल्यार्पणको कार्यक्रम छ । त्यसपछि बिहान ११ बजे गोठलापानीमा विशाल आमसभाको आयोजना गरिएको छ । त्यसपछि साँझ खोडपेमा बझाङका नेता कार्यकर्तासङको भेटघाट रहेको जनाएको छ ।

यो यात्रा मध्य पहाडी लोकमार्गकेन्द्रित हो । सङ्कल्प यात्राका क्रममा स्थानीयसँग भेटघाट,सीमा समस्याका विषयमा छलफल र राष्ट्रिय एकताको सबल आधार निर्माण गर्ने उद्देश्यले अभियानको आयोजना गरिएको एमालेले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर