मन्त्री किराँतीको प्रष्टीकरण- उडानको समय परिवर्तन गरेकाले ३१ यात्रु छुटे (भिडिओ) – Nepal Press

मन्त्री किराँतीको प्रष्टीकरण- उडानको समय परिवर्तन गरेकाले ३१ यात्रु छुटे (भिडिओ)

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल एयरलाइन्सले उडानको समय परिवर्तन गरेकाले ३१ यात्रु छुटेको प्रष्टीकरण दिएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री किराँतीले परराष्ट्र मन्त्रालयको पत्र अनुसार प्रधानमन्त्रीको भ्रमणका कारण निर्धारित समयभन्दा दुई घण्टा अघि सारिएकाले ३१ यात्रु छुटेको प्रष्टिकरण दिएका हुन् । समय परिवर्तन गरेको विषयमा सबै यात्रुलाई जानकारी दिएको तर जानकारी पाउन नसकेका यात्रुहरुमात्रै छुटेको उनको भनाइ छ ।

मन्त्री किराँतीले छुटेका यात्रुहरुलाई होटलमा राख्ने व्यवस्था गरेको र अहिले गन्तव्यतर्फ पठाइसकेको जानकारी दिए । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप–२८ मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार राति ९ः३० मा प्रधानमन्त्री दुबई गएका थिए ।

११ः३० को पूर्वनिधारित उडान प्रधानमन्त्री जाने भनेपछि परराष्ट्रको पत्रका आधारमा सो उडान ९ः३० मा सारिएको थियो । त्यस्तै, मन्त्री किराँतीले १३ बर्षदेखिको नेपालको हवाई क्षेत्र इयुको कालोसूची हट्ने प्रक्रियामा रहेको जानकारी दिए ।

उनले विभिन्न १२ वटा सामान्य विषयमा सुधार गर्नेबितिकै नेपालको हवाई क्षेत्र इयुको कालोसूची हट्ने दाबी गरे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर