तत्कालीन सांसद रायमाझी र सचिव पाण्डेसहित ९ जनालाई थुनामा राख्न उच्च अदालतले खुलाएका कारण (भिडिओ) – Nepal Press

तत्कालीन सांसद रायमाझी र सचिव पाण्डेसहित ९ जनालाई थुनामा राख्न उच्च अदालतले खुलाएका कारण (भिडिओ)

काठमाडौं । उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेकामध्ये ९ जनालाई शुक्रबार साधारण तारेख र धरौटीमा छाड्न आदेश गर्‍यो । ९ जनाको हकमा भने काठमाडौं जिल्ला अदालतकै आदेश सदर गर्दै थुनामै राख्न निरन्तरता दिइएको छ ।

तत्कालीन सांसद टोपबहादुर रायमाझी, सचिव टेकनारायण पाण्डे, विचौलिया भनिएका केशवप्रसाद दुलाल, सन्देश शर्मा, सानु भण्डारीसहित सागर राई, गोविन्दकुमार चौधरी, आङटावा शेर्पा र इन्द्रजीत राईलाई थुनामै राख्ने आदेश सदर भएको छ ।

पूर्वगृहमन्त्री बालकृष्ण खाणको हकमा दुई जना न्यायाधीशबीच राय बाझिएपछि तेस्रो न्यायाधीशले सुनुवाइ गर्ने आदेश भएको छ ।
थुनामै राख्ने आदेश सदर भएकाको हकमा आदेशमा एकमुष्ट कारणहरु खुलाइएको छ ।

आदेशमा भनिएको छ, ‘यी प्रतिवादीहरुउपरको जाहेरी दरखास्त, प्रतिवादीहरुको एकापसको पोल बयान, पीडितहरुको घटना विवरण कागजसमेतका तत्काल प्राप्त प्रमाणहरुका आधारमा यी निवेदक प्रतिवादीहरु टोपबहादुर रायमाझी, टेकनारायण पाण्डे, केशवप्रसाद दुलाल, सन्देश शर्मा, सानु भण्डारी, सागर राई, गोविन्दकुमार चौधरी, आङटावा शेर्पा र इन्द्रजीत राईलाई मुद्दा पुर्पक्षको निम्ति थुनामा राख्ने भएको तहाँ अदालतको मिति २०८०/०३/१ को आदेश मिलेको नै देखिँदा परिवर्तन गरिरहनु परेन ।’


प्रतिक्रिया

One thought on “तत्कालीन सांसद रायमाझी र सचिव पाण्डेसहित ९ जनालाई थुनामा राख्न उच्च अदालतले खुलाएका कारण (भिडिओ)

  1. खाँड त अर्को सुनुवाईमा छुटछन् । अहिले त नाटक भैराखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर