जसले जे भने पनि देशको अर्थतन्त्र समस्यामा छ: मन्त्री ज्वाला (भिडिओ)
काठमाडौं । भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले देशको अर्थतन्त्रमा जसले जे भने पनि अहिले समस्यमा रहेको बताए ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १४औं वार्षिक साधारण सभामा बोल्दै आफ्नो फेस सेभ गर्न जसले जेजे भने पनि अहिले देशको अर्थतन्त्र समस्या रहेको जानकारी दिए ।
उनले भने, अहिले देशको अर्थतन्त्र समस्यामा रहेको छ । कसैले आफ्नो फेस सेभको लागि अर्थतन्त्र ठिक छ पनि भनिरहेका छन् । ठिक अवस्थामा छैन । तर, हामी श्रीलंकाको जस्तो अवस्थामा पुगेका छैन । साथै सरकारको राजस्व संकलन पनि त्यतिकै दबाबमा छ । सरकारले यसका लागि लगानि सम्मेलन देखि घरजग्गा, पुँजीबजार क्षेत्रलाई आगाडि बढाइरहेको छ ।
‘भुक्तानीको क्षेत्रमा सरकारको अंगका रूपमा हुँदा पनि माग्नुपर्ने अवस्था रहको छ । लगानी आकर्षक बनाउनका लगि प्रयत्न गर्नुपर्ने छ ।’
कार्यक्रममा निजी क्षेत्रले सरकारले ध्यान नदिएको कारण अर्थतन्त्र समस्या गएको बताए ।