ह्वात्तै बढ्यो चिसो (भिडिओ) – Nepal Press

ह्वात्तै बढ्यो चिसो (भिडिओ)

काठमाडौं । काठमाडौं उपत्यकामा चिसो बढेसँगै जनजीवन प्रभावित बनेको छ ।

आजबाट काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) मा चिसो बढेसँगै जनजीवन प्रभावित बनेको हो । आज बिहानैदेखि हुस्सु र कुहिरोले ढाकेको कारण चिसो बढीरहेको छ ।

चिसो बढेसँगै सर्वसाधारणको दैनिक कामकाजमा असहजता थपिएको छ । काठमाडौंसँगै देशका विभिन्न भागमा पछिल्लो दिनमा चिसो निरन्तर बढ्ने क्रम जारी छ । हिमाली जिल्लाहरुमा हिमपातसँगै वर्षा हुँदा जनजीवन थप कष्टकर भएको छ ।

आजको तापक्रम हिजोभन्दा ३ डिग्री कम भएको छ भने अधिकतम तापक्रम २१ डिग्री र न्यूनतम तापक्रम ७ डिग्री सेल्सियस रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर