न्यायाधीशबीच राय बाझिएपछि निर्णय हुन नसकेको पूर्व गृहमन्त्री खाणको पेशी मंसिर २८ गते तोकियो – Nepal Press

न्यायाधीशबीच राय बाझिएपछि निर्णय हुन नसकेको पूर्व गृहमन्त्री खाणको पेशी मंसिर २८ गते तोकियो

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाणको थुनछेक पुनरावेदनको सुनुवाइ गर्न पाटन उच्च अदालतले मंसिर २८ गतेलाई पेशी तोकेको छ ।

गत मंसिर १४ गते भएको सुनुवाईमा न्यायाधीशहरुबीच राय बाझिएपछि तेस्रो न्यायाधीशकहाँ पठाउने आदेश भएको थियो । अब एकल इजलासले आदेश गर्ने छ ।

यसअघि न्यायाधीश जनक पाण्डेले ३० लाख रुपैयाँ धरौटीमा छाड्ने राय दिएका थिए भने इजलासकै अर्का न्यायाधीश प्रकाश खरेलले थुनामै राख्नुपर्ने राय दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर