सहसचिवमा बढुवा गर्न १५ जना सिफारिस
काठमाडौं । सहसचिवमा बढुवा गर्न १५ जना उपसचिव सिफारिस भएका छन् । लोकसेवा आयोगको बढुवा समितिको बैठकले ज्येष्ठता तथा कार्यसम्पादन मूल्यांकनका आधारमा नेपाल प्रशासन सेवाका १५ जना उपसचिवलाई बढुवा गर्न सिफारिस गरेको हो ।
बढुवा समितिले सिफारिस गरेको योग्यताक्रमअनुसार क्रमशः खिमबहादुर रायमाझी, कृष्णबहादुर बस्नेत, सुवासचन्द्र सिवाकोटी, खिमबहादुर कुँवर, जयबहादुर भण्डारी, विष्णुप्रसाद पौडेल, विनोद लामिछाने, रामबाबु पुरी सहसचिवमा बढुवा हुनेछन् ।
यस्तै केशवराज ढकाल, कमानसिंह खत्री, विष्णुप्रसाद ज्ञवाली, नारायण ढकाल, गोपाल कोइराला, पुष्कर न्यौपाने र मिमांस अधिकारी पनि सहसचिवमा बढुवा हुनेछन् ।
सहसचिवमा बढुवा हुन ५६ जनाले आवेदन दिएका थिए । उनीहरुको योग्यताक्रमसहित बढुवा सिफारिस गरिएको छ । बढुवा सिफारिसमा चित्त नबुझेमा ३५ दिनसम्म बढुवा सिफारिस समितिमा उजुरी गर्न सकिने व्यवस्था छ । यदि उजुरी नपरेमा मन्त्रिपरिषद् बैठकले १५ जनालाई बढुवा गर्नेछ ।
निजामती सेवामा सबै कर्मचारीको समान बढुवा सम्भावना सुनिश्चित छैन । योग्यता, अनुभव, कार्यदक्षता एकै भए पनि कुनै सेवा ५ वर्षमै बढुवा हुन्छ भने कसैको १५ वर्षमा पनि बढुवा हुँदैन । कुनै पद कुन सेवाको पद तोक्ने भन्ने तालाचापी लिएका सेवाका कर्मचारी रजगज छ । यसरी बिथिति हुँदाहुदै पनि सरकार, लोकसेवा तथा सम्बन्धित सेवाका टाउकेहरुको ध्यान नजानु बिडम्बना हो । अहिले प्रदेशमा जथाभावी पद खडा गरेर बढुवा हुने चलन चलेको छ । एउटा सेवा वा स्थानीय तह वा प्रदेशमा रहनु नै दुर्भाग्य वा सौभाग्य देखिने राम्रो होइन । यस्तो बेथितिको मनन कसले गर्ने ?