२७ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै एसियाली निर्वाचन सरोकारवाला मञ्चको सम्मेलन सम्पन्न – Nepal Press

२७ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै एसियाली निर्वाचन सरोकारवाला मञ्चको सम्मेलन सम्पन्न

काठमाडौं । ‘दिगो लोकतन्त्रको निर्माणः निर्वाचनका चुनौती र अवसरको सम्बोधन’ विषयक एसियाली निर्वाचन सरोकारवाला मञ्चको दुइ दिने छैठौं सम्मेलन २७ बदुेँ काठमाडौं घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । परराष्ट्रमन्त्री एनपी साउदले बुधबार उद्घाटन गरेको सम्मेलन बिहीबार २७ बुदेँ काठमाडौं घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो ।

नेपाल र अन्य देशका विज्ञले सातवटा विषय अन्तर्गत २४ वटा शिर्षकका विषयमा कार्यपत्र प्रस्तुति गरेपछि ति विषयमाथी गहन छलफल गर्दै २७ बुदेँ काठमाडौं घोषणापत्र जारी गरिएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नेपाल प्रेसलाई जानकारी दिए ।

उनले भने, ‘निर्वाचन प्रणालीमा सामयिक सुधार, निर्वाचन कानूनमा परिमार्जन, प्रविधिमैत्री निर्वाचनको अङ्गीकार, निर्वाचनको निष्ठाको प्रवर्धन, मतदाता शिक्षामा नागरिकको पहुँच विस्तार, समावेशीकरण, मतदान केन्द्रको पूर्वाधार सुधार, निर्वाचन शिक्षामा सामाजिक संजालको प्रयोग, मिथ्या सूचनाको नियन्त्रण, वातावरण मैत्री निर्वाचन, निर्वाचनमा नागरिकको सहभागिता जस्ता प्रमुख विषय घोषणापत्रमा समेटिएका छन् ।’

दुइ दिनसम्म चलेको सम्मेलनको पनि परराष्ट्रमन्त्री साउदले समापन गर्दै सम्मेलनका संयुक्त आयोजक निर्वाचन आयोग, नेपाल र एनफ्रेललाई बधाई तथा धन्यवाद व्यक्त गर्नुका साथै सम्मेलनमा उठेका तथा आदानप्रदान भएका अनुभवले निर्वाचन व्यवस्थापनको सुधारमा थप टेवा पुगी आगामी दिनमा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र विश्वसनीय बनाउन सहयोग पुग्ने बताए ।

सम्मेलनको अध्यक्षता गरेका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले लोकतान्त्रिक मूल्य, मान्यता र प्रतिबद्धतालाई थप सुदृढ गर्न फोरमले थप मार्गदर्शन दिने विश्वास व्यक्त गर्दै निर्वाचनमा नागरिकको व्यापक सहभागिता खोज्न र लोकतन्त्रलाई परिणाममुखी बनाउन सामूहिक प्रतिबद्धता आवश्यक रहेकोमा जोड दिएका छन् । उद्घाटन सत्रका प्रमुख वक्ता पूर्व भारतीय प्रमुख निर्वाचन आयुक्त एसवाई कुरैशीले निर्वाचन व्यवस्थापन सुधारको विषय वृहत, निरन्तर र चुनौतिपूर्ण रहेको र यस्ता फोरमबाट असल अभ्यासको सिकाइ सबै निर्वाचन व्यवस्थापन निकायका लागि एक महत्वपूर्ण अवसरको रुपमा रहने बताएका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *