रुसी सेनामा भर्ना भएका नेपालीको संख्या र अवस्था पत्ता लाउन रास्वपाले गरायो ध्यानाकर्षण – Nepal Press

रुसी सेनामा भर्ना भएका नेपालीको संख्या र अवस्था पत्ता लाउन रास्वपाले गरायो ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुसी सेनामा भर्ना भएका नेपालीको यकिन संख्या पत्ता लगाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख तथा सांसद शिशिर खनाल नेतृत्वको टोलीले परराष्ट्रमन्त्री एनपी साउदलाई पार्टीको ध्यानाकर्षण पत्र बुझाएको हो ।

रास्वपा टोलीले रुसी सेनामा कार्यरत नेपालीको यकिन विवरण पत्ता लगाई नेपाल फर्काउन र बन्धक बनाइएकाको सकुशल रिहा गर्न माग गरेको छ ।

यस्तै, प्यालेस्टाइनी विद्रोही समूह (हमास) को नियन्त्रणमा रहेका कञ्चनपुरका विपीन जोशीको तत्काल मुक्तिका लागि सम्भव भएसम्मका सबै कुटनीतिक पहल गर्न आग्रह गरेको छ ।

ध्यानाकर्षणपत्र बुझाउन नेता खनालसहित प्रमुख सचेतक सन्तोष परियार, सचेतक निशा डाँगी र सांसद अशोककुमार चौधरी गएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर