भूकम्प प्रभावित क्षेत्रमा टहरा बनाउन तरुण दललाई निर्माण व्यवसायी महासंघले दियो औजार – Nepal Press

भूकम्प प्रभावित क्षेत्रमा टहरा बनाउन तरुण दललाई निर्माण व्यवसायी महासंघले दियो औजार

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले भूकम्पप्रभावित क्षेत्रमा अस्थायी टहरा बनाउन केही निर्माण सामग्री सहयोग गरेको छ । १६औं स्थापना दिवसको अवसर पारेर महासंघका अध्यक्ष रवि सिंहले तरुण दलका अध्यक्ष विद्वान गुरुङलाई ती औजार हस्तान्तरण गरे । सँगै सिंहले यस अभियानमा तरुण दललाई थप एक लाख सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

तरुण दलले कात्तिक १७ गतेको भूकम्पबाट क्षति पुगेको घरको पुनर्निर्माणमा स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको थियो ।

महासंघको स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम पनि गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर