यू-१९ एसिया कप : पाकिस्तानले नेपाललाई ७ विकेटले हरायो
काठमाडौं । यूएईमा सुरु भएको यू १९ एसिया कप अन्तरगत पहिलो म्याचमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको छ । नेपालले दिएको १५३ रनको लक्ष्य पाकिस्तानले २६.२ ओभरमै भेट्टायो ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १५२ रनको सामान्य स्कोरमा समेटिएको थियो ।
नेपालका लागि उत्तम थापामगरले ५१ रनको अर्धसतकीय पारी खेले । यस्तै, दिपेश कँडेलले ३१ रन र ओपनर अर्जुन कुमालले २१ रन बनाएर आउट भए ।
अन्य ब्याट्सम्यानले ठोस योगदान दिन सकेनन् । कप्तान देव खनाल र अनुभवि गुल्शन झाको ब्याट आज नचल्दा नेपाल बलियो स्कोरबाट चुक्यो ।
जवाफी ब्याटिङमा उत्रेको पाकिस्तानले पनि खराब सुरुवात गरेको थियो । गुल्शन झाले पाकिस्तानका दुवै ओपनरलाइ सस्तैमा पेभिलियन फर्काएर नेपालको आशा जगाए । २३ रनमा २ विकेट गुमाएपछि भने पाकिस्तानले नेपाललाई कुनै मौका दिए ।
अजान अवासिस र कप्तान साद बेगले सतकीय साझेदारी गर्दै पाकिस्तानलाई जित तर्फ डोहार्याए । सान्त्वनाका रुपमा नेपालका आकाश त्रिपाठीले पाकिस्तानी कप्तानको विकेट लिन सफल भए ।
आजको खेलमा नेपालका सबैभन्दा आशालाग्दा बलर दिपेश कँडेल चलेनन् । पिचले फास्ट बलरलाई मद्दत गरे पनि स्पिनरलाई कुनै मद्दत थिएन । पाकिस्तानी फास्ट बलरहरुको सामना गर्न नसक्दा नेपालको ब्याटिङ कोल्याप्स भयो । मोहम्मद जासिम एक्लैले नेपालको ६ विकेट लिए ।