ओलीको दाबी- अरूले एक वर्षमा गर्ने काम एमाले सरकारले दुई दिनमा गर्छ (भिडिओ) – Nepal Press

ओलीको दाबी- अरूले एक वर्षमा गर्ने काम एमाले सरकारले दुई दिनमा गर्छ (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अरु सरकारले एक बर्षमा गर्ने काम एमालेले दुई दिनमा गर्नसक्ने दाबी गरेका छन् ।

एमालेको मध्यपहाडी यात्रा अन्र्तगत लमजुङको सुन्दरबजारमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले आफूले सरकार चलाउँदा उत्पादन वृद्धिदर ७ प्रतिशतभन्दा बढी पुर्याएको बताए ।

उनले भने, एमालेको सरकार बन्नुअघि बर्षमा १० किलोमिटर सडक कालोपत्र हुन्थ्यो भने एमालेले साढे ५ किलोमिटर भन्दा बढी त एकैदिनमा गर्यो। अरुले एक बर्षमा गरेको काम एमालेले दुई दिनमै गर्यो । तर, अहिले त त्यो १० किलोमिटर पनि के होला । विकास निर्माणको काम ठप्प भएको छ ।

उनले एमाले बाहेक अरुले सुरु गरेको काम गर्न नसक्ने उनको भनाइ छ । राष्ट्रियताको सवालमा पनि एमालेबाहेक अरु कसैले रक्षा गर्न नसक्ने बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर