लुम्बिनी बौद्व अनुसन्धानको केन्द्र बन्नुपर्छ: उपाध्यक्ष डा.लामा – Nepal Press

लुम्बिनी बौद्व अनुसन्धानको केन्द्र बन्नुपर्छ: उपाध्यक्ष डा.लामा

रूपन्देही । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले लुम्बिनी क्षेत्रलाई बौद्ध अनुसन्धान केन्द्रको रुपमा स्थापित गर्न अन्तर्राष्ट्रिय बुद्धिष्ट समुदायसँग आग्रह गरेका छन् ।

काठमाडौंस्थित भारतीय दूतावास र लुम्बिनी बौद्ध विश्वविद्यालयद्वारा आयोजित सामुदायिक विकास र विश्वव्यापी कल्याणमा बौद्ध शिक्षाको प्रभाव विषयक अन्तरक्रियामा लामाले क्रकुच्छन्द बुद्ध, कनकमुनि बुद्ध र शाक्यमुनि बुद्धको जन्मस्थल लुम्बिनी क्षेत्र बौद्ध अनुसन्धानको केन्द्र हुनुपर्नेमा जोड दिएका हुन् ।

बुद्धको पवित्र जन्मस्थलबाट बौद्ध धर्म सुरु भएको भन्दै उपाध्यक्ष डा. लामाले विश्वकै शान्तिको स्रोत बुद्धको पवित्र जन्मभूमि लुम्बिनी रहेको उल्लेख गरे ।

बौद्ध शिक्षाको महत्त्व विश्वभर भएको र बुद्ध धर्म आस्थामात्रै नभएर दर्शन र सिद्धान्त रहेको उनको भनाइ थियो । उनले बुद्ध शिक्षा मार्गदर्शक रहेको र यसको अनुशरण र परिपालना हुनुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *