बेलायतमा रोजगारीका लागि जान ४५ जना नेपाली नर्स छनोट (सूचीसहित)
काठमाडौं । बेलायतमा रोजगारीका लागि जान ४५ जना नेपाली नर्स छनोट भएका छन् । ६० जना नर्स अन्तर्वार्तामा सहभागी भएकोमा ४५ जना मात्र छनोट भएको बैदेशिक रोजगार विभागले जनाएको हो ।
अहिलेलाई प्रयोगका रूपमा नेपालबाट १०० जना नर्सलाई पठाउने गरी बेलायत सरकारसँग सन् २०२२ को अगस्टमा समझदारी भएको थियो । त्यसै समझदारी अनुसार बेलायत जान चाहने नर्सका लागि सरकारले गत जुलाई २० तारिखमा आवेदन आव्हान गरेको थियो ।
परीक्षामा सहभागि हुनका लागि ७७१ जनाले आवेदन दिएकोमा आवश्यक कागजात पेश गरेका ७८ जनाको मात्रै आवेदन स्वीकृत भएको थियो । जसमा योग्यता, क्षमता र अनुभवको मूल्यांकन गरेर अन्तर्वार्ताका लागि ७१ जना प्रारम्भिक चरणमा छनोट भएका थिए । जसमध्ये ६० जना अन्तर्वार्तामा सहभागी भएको र उनीहरूको नेपालस्थित बेलायती दूतावासमा अन्तर्वार्ता लिइएको विभागले जनाएको छ ।