यू–१९ एसिया कप: अफगानिस्तानविरुद्ध नेपालले पहिला फिल्डिङ गर्दै
काठमाडौं । एसिसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा अफगानिस्तानविरुद्ध नेपालले टस जितेर पहिलो फिल्डिङ गर्ने निर्णय गरेको छ ।
दुबईमा रहेको आइसिसी एकेडेमी ओभल–२ मा नेपालका कप्तान देव खनालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
सेमिफाइनलमा पुग्ने सम्भावना जिवितै राख्न दुवै टोलीलाई आजको खेल जित्नुपर्ने दबाव छ। पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेट र अफगानिस्तान भारतसँग ७ विकेटले पराजित भएको थियो ।
नेपाली टोलीः
देव खनाल (कप्तान), दीपक डुम्रे , उत्तम थापा मगर , विपिन रावल, गुलशन झा, अर्जुन कुमाल, आकाश त्रिपाठी, हेमन्त धामी, दीपेश कंडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी, दीपक बोहोरा, तिलक राज भण्डारी र आकाश चन्द ।