यू- १९ एसिया कपः हेमन्त धामीले एकै ओभरमा दुई विकेट लिएपछि अफगानिस्तान दवावमा
काठमाडौं । यू १९ एसिया कपको दोस्रो म्याचमा नेपालले अफगानिस्तानविरुद्ध बलिङ गरिरहेको छ । अफगानिस्तानले नेपालविरुद्ध आक्रामक सुरुवात गरेकोमा बलरहरुले ३ विकेट लिएर टीमलाई खेलमा फर्काएका छन् ।
नेपालमा हेमन्त धामीले एकै ओभरमा दुई विकेट लिएपछि अफगानिस्तान ब्याकफुटमा आएको हो । यसअघि गुल्शन झाले नेपाललाई पहिलो ब्रेक थ्रु दिलाएका थिए ।
पहिलो दुई ओभरमा २० रन खर्चेका धामीले तेस्रो ओभर मेडन फ्याकेका थिए । आफ्नो व्यक्तिगत चौंथो ओभरको दोस्रो र तेस्रो बलमा उनले लगातार विकेट लिए । खालिद तनिवाललाई उनले गुल्शनको हातबाट क्याच गराएका थिए भने अक्रम मोहम्मदजाइलाई बोल्ड गरे ।
यो समाचार बनाउँदासम्म अफगानिस्तानले ७ ओभरमा ३ विकेट गुमाएर ३४ रन बनाएको छ ।