ठेक्का लिएर काम नगर्ने १२ कम्पनी कालोसूचीमा – Nepal Press

ठेक्का लिएर काम नगर्ने १२ कम्पनी कालोसूचीमा

काठमाडौं । सरकारले विभिन्न १२ वटा निर्माण तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तरगतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सम्झौताअनुसार काम नगर्ने, पटकपटक ताकेता गर्दा पनि अटेर गर्ने कम्पनीलाई कालोसूचीमा राखेको हो ।

जसमा सरोजकुमार साह सञ्चालक रहेको आदर्श कन्स्ट्रसन तीन वर्षसम्मका लागि, लक्ष्मण पाण्डेय सञ्चालक रहेको त्रिवेणी निर्माण सेवा र बमबहादुर कुर्मी सञ्चालक रहेको गंगोत्री देवी निर्माण सेवा गरेर दुई कम्पनी दुई वर्षसम्मका लागि कालोसूचीमा परेका छन् ।

यस्तै खेमराज गुरुङ सञ्चालक रहेको बाबरी निर्माण सेवा, कृष्ण भट्टराई सञ्चालक रहेको कमल कन्स्ट्रक्सन, गगनबहादुर शाही सञ्चालक रहेको अनामिका कन्स्ट्रक्सन,लोकबहादुर राना सञ्चालक रहेको भावेश कन्स्ट्रक्सन प्राली, ऊर्जा कुशभ मष्ट जेवी र प्रमेश्वर पाण्डे सञ्चालक रहेको प्रान्जल निर्माण सेवासहित पाँच कम्पनी साढे एक वर्षसम्मका लागि कालोसूचीमा परेका छन् ।

मोहित श्रेष्ठ सञ्चालक रहेको रोहित निर्माण सेवा, पारसकुमार बोहोरा सञ्चालक रहेका पारस निर्माण सेवा र रुकमणी सुवेदी सञ्चालक रहेको रुमानी निर्माण सेवासहित तीन कम्पनी एक वर्षसम्मका लागि कालोसूचीमा परेका छन् ।

यी कम्पनीले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर