संसद सचिवालयका महासचिव भरत गौतमले दिए राजीनामा – Nepal Press

संसद सचिवालयका महासचिव भरत गौतमले दिए राजीनामा

काठमाडौं । संसद सचिवालयका महासचिव डा.भरतराज गौतमले पदबाट राजीनामा दिएका छन् । पदावधि ८ महिना बाँकी रहँदै गौतमले आइतबार साँझ राष्ट्रपतिसमक्ष राजीनामा दिएका हुन् ।

राजीनामाको कारण प्रष्ट पारिएको छैन । उनको राजीनामाबारे आजै सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल समेत गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर