इस्लिङट्न कलेजद्वारा पहिलो शैक्षिक साइबर सुरक्षा अनुसन्धान केन्द्रको उद्घाटन – Nepal Press

इस्लिङट्न कलेजद्वारा पहिलो शैक्षिक साइबर सुरक्षा अनुसन्धान केन्द्रको उद्घाटन

काठमाडौं । इस्लिङट्न कलेजले नेपालको पहिलो शैक्षिक साइबर सुरक्षा अनुसन्धान केन्द्रको उद्घाटन गरेको छ ।

आइतबार लण्डन मेट्रोपोलिटन विश्वविद्यालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रतिनिधिसँगको सहकार्यमा उद्घाटन गरेको हो । उद्घाटन कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी मन्त्री रेखा शर्मालाई पनि स्वागत गर्दै कार्यक्रमलाई सुरु गरिएको थियो।

उद्घाटन समारोहलाई लण्डन मेट्रोपोलिटन विश्वविद्यालयका प्रो.भाइस चान्सलर, नोना म्याकडफले सम्बोधन गर्दै साइबर सुरक्षाशिक्षाको क्षेत्रमा इस्लिङटन कलेजको अन्तर्राष्ट्रिय सहकार्य र मान्यताको विषयमा चर्चा गरे ।

 साइबर सुरक्षा अनुसन्धान केन्द्र इस्लिङटन कलेजको एउटा पहल हो जसले साइबर सुरक्षाको क्षेत्रमा बढ्दो चुनौतीहरूलाई सम्बोधन गर्ने लक्ष्य राखेको छ ।

अनुसन्धान केन्द्रको मुख्य लक्ष्य साइबर सुरक्षा खतराहरूमा अनुसन्धानलाई प्रोत्साहित गर्ने रहेको छ । । जहाँ शैक्षिक कर्मचारी, विद्यार्थी र पूर्व विद्यार्थीहरूले गरेको अनुसन्धानको आधारमा साइबर सुरक्षा डोमेन भित्र उदीयमान प्रविधिहरू अन्वेषण गर्ने र प्रशिक्षणमा ध्यान केन्द्रित गरेर साइबर घटनाहरूको डिजिटल फोरेन्सिक अभ्यास गर्ने रहेको छ ।

शिक्षा, अनुसन्धान र व्यावहारिक प्रयोगमा केन्द्रित भएर यस केन्द्रले नेपालमा साइबर सुरक्षाको भविष्यलाई दिशा दिन महत्वपूर्ण भूमिका खेल्नेछ विश्वस लिइएको छ। अनुसन्धान केन्द्रले नेपालको महत्वपूर्ण पूर्वाधारलाई साइबर आक्रमणबाट जोगाउन आवश्यक पर्ने दक्ष साइबर सुरक्षा अधिकारीहरु नेपालमै छन् भनी सुनिश्चित गर्न पनि मद्दत गर्नेछ ।

साइबरसुरक्षा क्षेत्रमा सक्रिय रूपमाकाम गर्ने इस्लिङ्टन कलेजमा डिजिटल फोरेन्सिक्स का वरिष्ठ शिक्षक र भैरवमा मानव जोखिममूल्याङ्कन नेतृत्व गरिरहेका मोनिल अधिकारीको यस केन्द्रको स्थापनामा प्रमुख योगदान रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर