प्रधानमन्त्री भन्छन्- अर्थतन्त्र अझै दबाबमा छ, जनतामा उत्साह र आशा जागेको छैन – Nepal Press

प्रधानमन्त्री भन्छन्- अर्थतन्त्र अझै दबाबमा छ, जनतामा उत्साह र आशा जागेको छैन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षामार्फत नीतिगत लचकता अपनाए पनि मुलुकको अर्थतन्त्रमा दबाब कायम रहेको दाबी गरेका छन् ।

सोमवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा प्रेस सेन्टर नेपालका पदाधिकारीको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । प्रधानमन्त्री दाहालले नेमपालको अर्थतन्त्र निकै ठूलो दबाबमा रहेको भन्दै सरकारले लगातार रुपमा सुधारको प्रयास गरिरहेको बताए ।

उनले सुधारको प्रयासकै क्रममा राष्ट्र बैंकबाट मौद्रिक नीतिको समिक्षामार्फत भएका नीतिगत र व्यहारिक निर्णयले अर्थतन्त्रमा सहजिकरण गर्ने भएपनि अर्थतन्त्र अझै दबाबमा रहेको दाबी गरे ।

उनले सरकारले राजनीतिक दलका नेता,निजी क्षेत्र र अर्थतन्त्रका विज्ञहरुसँग छलफल गरेर अर्थतन्त्र सुधारको लागि दिएको निर्देशनको आधारमा राष्ट्र बैंकले बैंकको ब्याजदर घटाउने, लघुवित्तका ऋणहरु र व्यवसायीहरुको ऋण फिर्ता गर्ने समय अवधी थप गरेको दाबी गरे ।

प्रधानमन्त्री दाहालले भने,‘जनतालाई भ्रमित पार्ने षड्यन्त्र भइरहेको छ । यो बीचमा केही समस्याहरु भए । नेपालको अर्थतन्त्र निकै ठूलो दबाबमा छ । सरकारले आफ्नो ठाउँबाट लगातार सुधारको प्रयास गर्दै जाँदा राष्ट्र बैंकबाट भएका नीतिगत र व्यहारिक निर्णयले अर्थतन्त्रमा सहजिकरण गर्ने अवस्थासम्म आइपुगेको छ । मैले देशका सबै राजनीतिक दलका नेता,निजी क्षेत्रका सबै प्रतिनिधिहरु र विज्ञहरु बीच गम्भिर विर्मश गराएर केही निर्देशन जारी गरेको थिए । त्यही निर्देशन कार्यान्वयन गर्ने सन्र्दभमा राष्ट्र बैंकले बैंकको ब्याजदर घटाउने, कुरामा सहजिकरण गर्ने जस्ता काम भए ।
सरकारले निजी क्षेत्रले भनेको जस्तो नीति आएको भनेर अब अर्थतन्त्रमा देखिएका समस्या समाधान हुँदै जान्छन् भनेर निजी क्षेत्रले भनेका छन् । तर त्यति हुँदा पनि नेपालको अर्थतन्त्र माथिको दबाब हटेको छैन । अझै पनि दबाब कायम नै छ । ’

दाहालले अर्थतन्त्र सुधारको लागि सरकारले आगामी नीति तथा कार्यक्रम र बजेट मार्फत संरचनागत सुधार गर्ने तयारी गरिरहेको बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *